पोखरा,
‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको २१ रोपाइँ महोत्सव–२०८३ आज पोखरा ३० शिशुवा देउराली खोलछेउमा हिलोमा खेलिने खेलहरु र सांस्कृतिक कार्यक्रमहरुसहित मनाइँदै छ । पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा महोत्सव हुन लागेको हो।
पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै ‘पोखरा भ्रमण वर्षलाई सफल बनाउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ। तीव्र सहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणाली र खेतीयोग्य जमिनको संरक्षण गर्ने, युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्ने तथा कृषकहरूको सम्मान गर्ने लक्ष्य महोत्सवले राखेको अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
पोखरा महानगरपालिका का आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा महानगर कृषिकहरुप्रति उदार रहेको बताउदै यस्ता कार्यक्रमहरुले सबै कृषक र कृषि भुमीहरुलाई समेटनुपर्ने बताए । पोखरामा हुने कृषि बालीका सम्भावनाहरुको चर्चा गर्दै माटो सुहाउँदो बाली लगाएर कृषियोग्य भुमीलाई सदुपयोग गर्न सम्पुर्ण कृषकहरुलाई आग्रह समेत गरका छन ।
महोत्सवलाई थप रोचक र मनोरञ्जनात्मक बनाउन विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने भएको छ। महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त लोक कलाकारहरू राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसी आदिको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यसैगरी महोत्सवका अवसरमा परम्परागत साउने प्रतियोगिता ९हल गोरु दौड०, असारे भाकासहितको रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला–पुरुष हिलो दौड, पत्रकार खुला हिलो दौड र रस्साकस्सी जस्ता रोचक प्रतिस्पर्धाहरू सञ्चालन गरिनेछन्। सोही अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट कृषकहरूलाई विशेष सम्मान समेत गरिने कार्यक्रम छ।