
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मुखबाट कागको आवाज निकालेर रमेश दुलालले भेला पारे सयौँ काग
- तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो
- गायनमा फर्किइन् विष्णु माझी,बसन्त थापाको अर्काे सहकार्यमा ‘फूल प्याउलीको’ गीत रिलिज
- महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’ अर्पण
- चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक,नेपाल र भारतियको लगानी
- दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
- अस्ट्रेलिया र जुम्लामा छायांकन हुने ‘हजुरबाले भनेथे’ को औपचारिक घोषणा
- तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक
- ‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य
- ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ मा प्रदर्शनको घोषणा
नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छः प्रदेश प्रमुख भट्ट
कास्की,
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताए ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले आज आयोजना गरेको विशेष समारोहमा उनले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत जोड्ने काम भानुभक्तले गरेकाे बताए ।
प्रदेश प्रमुख भट्टले भने, “भानुभक्तका कृतिमा धार्मिक भावना मात्र होइन, लोककल्याणको गहिरो चेतना समेत पाइन्छ । उहाँका कृतिहरुलाई सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक छ ।”

आदिकवि विश्वभरका नेपाली भाषी बीचमा भाषा तथा साहित्य फैलाउने सेतुका रुपमा स्थापित रहनुभएको बताउँदै उनले भने, “भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभएको छ ।”
भानुभक्तले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोडेकाले यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उनको भनाइ छ ।
भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, पोखरा–११ का वडासदस्य रनशुभा गुरुङ, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह, पोखरा प्रज्ञा प्रतिष्ठानका निर्वतमान कुलपति पद्मराज ढकाल लगायतले भाषा र साहित्यमार्फत आदिकवी भानुभक्तले नेपालको एकीकरणमा पुर्याएको योगदानको चर्चा गरे। समारोहमा विभिन्न साहित्यिक व्यक्तित्वले भानुभक्तीय रचना वाचन गरे ।
त्यस अवसरमा नेपाली विषयका शिक्षक टेकनाथ पोखरेललाई भानु शैक्षिक पुरस्कार र पृथ्वीनारायण क्याम्पसबाट स्नाकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने जमुना रिजाल नगदसहित पुरस्कृत गरियो । यसअघि मानवअधिकारचोकबाट आयोजना गरिएको प्रभातफेरीमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, आमा समूहको सहभागिता थियो ।
Next Post