Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साइप्रसका हलमा नेपाली फिल्म ‘हली’प्रदर्शनमा आउने कमफम
- ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
- नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
- दया र मिरुनाले थाले ‘रातो घेरा’को सुटिङ,अनिलले गर्दैछन् निर्देशन
- ‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’
- किसानलाई सावधानी अपनाउन आग्रह
- कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
- आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने
- राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
- नेप्से परिसूचक १४ अङ्कले बढ्यो
नेप्से परिसूचक १४ अङ्कले बढ्यो
काठमाडौँ,
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर रु चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ मूल्यमा खरिद बिक्री भएको छ ।
आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ भने अर्को एक उपसमूह स्थिर रह्यो । आज १९५ कम्पनीको सेयर बढ्यो भने ६० कम्पनीको सेयर घट्यो ।
त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एनएमबी डिबेञ्चर, नारायणी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, एनआइविएल स्टेबल फण्ड र एनआइसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले आज गुमाएका छन् ।
Next Post