
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तनावबीच हँसाउन आयो ‘चमेलीको पोइ’, १८ वर्षपछि पर्दामा फर्किए ‘प्रेमचरो’
- बाबुुल गिरी र बबी लिम्बुको स्वरमा फिल्म ‘परिवार’को दशैं डान्सिङ नम्बर ‘रातो टिका’
- ६ महिनाको ऐना: शासकीय आशा र हुकुमी छायाँ
- कास्की काँग्रेसको सभापतिमा दिनेश आचार्यको आकाङक्षा
- पुष्प र प्रशंसाले दाङबाट सुरु गरे ‘सिन्दूर’को छायांकन
- हङकङमा ‘आ बाट आमा २’ टिमलाई भव्य सम्मान: टिजर र गीत दुवैले कटाए ५० लाख भ्युज
- पहिलो दिन ६ लाख कमाएको ‘बाः एक योद्धा’को कलेक्सन एक करोड ११ लाख, दोस्रो सातामा प्रवेश
- जैविक मलको प्रयोग बढाउनुपर्छः मन्त्री चौधरी
- ‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य
- प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो
किसानलाई सावधानी अपनाउन आग्रह
काठमाडौँ,
कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्यबाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ ।
केन्द्रले देशभर यससाता मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको छ ।

अधिकृत सञ्जीव पण्डितका अनुसार एक लाख किसानलाई मोबाइल एसएमएसबाट मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने सन्दर्भमा सावधानी अपनाउनबारे सन्देश प्रवाह गरिएको छ । केन्द्रले आफ्ना अन्नबाली र तरकारीमा क्षति हुन नदिन भल र भेलको पानी निकासको उचित व्यवस्था मिलाउनसमेत किसान आग्रह गरेको छ ।
मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लाष्टिक घर, पशुपन्छीका गोठ–खोर वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्न आग्रह गरेको केन्द्रले वर्षात्को समयमा गाईभैँसीमा रोग देखापरेमा यथाशक्य छिटो पशुसेवा कार्यालयबाट त्यससम्बन्धी सेवा लिन सल्लाह दिएको छ ।