Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीबाट निर्यातभन्दा आयात पाँचगुणा बढी
- विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी
- दुई दिने सार्वजनिक बिदाको व्यवस्था तत्काल पुनरवलोकन नहुने
- ‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
- रोल्पा पहिरो अपडेटः चार जनाको सनाखत, नौ बेपत्ता
- नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
- युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
- Instant Cash Out Casino – Quick‑Hit Slot Action for the Modern Gambler
- स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
- जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल
तनहुँ.
तनहुँमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव देखिन थालेपछि प्रशासनले उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यासको अभाव भएको जानकारी प्राप्त भएपछि चितवनमा रहेको सम्बन्धित ग्यास उद्योगमा फोन गरी जिल्लामा ग्यासको आपूर्ति बढाउन आग्रह गरिएकोछ । उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय गरिएको उहाँले बताउनुभयो।
दमौलीमा क्षेत्रमा समेत ग्यासको आपूर्तिमा समस्या देखिएको जानकारी प्राप्त भएपछि तीन जना ग्यास डिलरका सञ्चालकले प्रत्यक्ष फोन गरी अवस्थाबारे जानकारी गराएका थिए । डिलर सञ्चालकबाट ग्यास अभावबारे जानकारी आएलगत्तै प्रजिअ तिवारीले सम्बन्धित ग्यास उद्योगलाई दमौलीका लागि आपूर्ति बढाउन आग्रह गर्नुभएको हो ।
प्रजिअ तिवारीका अनुसार ग्यासको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा कतिपय स्थानमा उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था छ । त्यसलाई तत्काल सम्बोधन गर्न स्थानीयस्तरमा मात्र नभई सङ्घीय तहमा समेत समन्वय गरिएको उहाँले बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवसँग समेत कुराकानी गरी तनहुँको ग्यास आपूर्तिको अवस्थाबारे जानकारी गराइएको छ ।
जिल्लाका विभिन्न स्थानमा देखिएको अभाव, डिलरहरूले भोगिरहेको आपूर्ति समस्या तथा उपभोक्ताले ग्यासका लागि समस्या झेल्नुपरेको अवस्थाबारे सहसचिवलाई जानकारी गराउँदै जिल्लामा आपूर्ति बढाउने गरी आवश्यक पहल गरिदिन आग्रह गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।
उहाँका अनुसार खाना पकाउने ग्यास सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले जिल्लामा नियमित र सहज आपूर्ति सुनिश्चित गर्न प्रशासनले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ ।
प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव सृजना गर्ने, लुकाउने वा कालोबजारी गर्ने गतिविधि हुन नदिनसमेत निगरानी बढाउने जनाएको छ । आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधानका लागि ग्यास उद्योग, डिलर तथा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।