सुचना, समाचार र मनोरन्जन

सुशील र न्यान्सी अभिनित ‘अक्षरा’ शुक्रबार रिलिज हुँदै, उग्रसेन र सुग्रसेनको लगानी

काठमाडौँ :

विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आगामी शुक्रबारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। यहीँ  असोज २३ गते प्रदर्शनको तयारी गरिएको यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सर्वसाधारण सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरिसकेको छ।

अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा चलचित्र आधारित छ। ‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्मित यस चलचित्रको मुख्य भूमिकामा सुशील सिटौला र न्यान्सी खड्का रहेका छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गाना स्वयंको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्। दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य र कर्णराज गिरीको सङ्गीत रहेको यस चलचित्रलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.