सुचना, समाचार र मनोरन्जन

पुष्प र प्रशंसाले दाङबाट सुरु गरे ‘सिन्दूर’को छायांकन

काठमाडौं :

चलचित्र ‘सिन्दूर’को छायांकन आजदेखि औपचारिक रूपमा सुरु भएको छ। पश्चिम नेपालको दाङ जिल्लाबाट चलचित्रको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ।

Chaka Panja

कस्तुरी प्रोडक्सन प्रा.लि.को प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लि.को सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रलाई लक्ष्मण सुनारले लेखन तथा निर्देशन गर्दैछन्। निर्देशक सुनारले यसअघि निर्देशन गरेका चलचित्रहरू ‘बुलाकी’ र ‘परालको आगो’ निकै चर्चामा रहेका थिए।

सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले एक महिलाका लागि सिन्दूरको महत्त्व र अर्थ कति हुन्छ भन्ने विषयलाई मुख्य रूपमा उठान गर्नेछ।

चलचित्रमा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको मुख्य जोडी रहनेछ। एक महिनाको छायांकन तालिका (सेड्यूल) तयार पारेर निर्माण टोली सेटमा ओर्लिएको छ। सञ्जीव सार्कीको लगानीमा बन्न लागेको यस चलचित्रका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् भने प्रकाश हमाल निर्माण प्रमुखका रूपमा रहेका छन्। संकल्प भुजेलको छायांकन रहने चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत सुन्न सकिनेछ। त्यस्तै, करणबहादुर साउदको मुख्य सहायक निर्देशन र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ।

Leave A Reply

Your email address will not be published.