सुचना, समाचार र मनोरन्जन

जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौँ,

पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । बुधबार दिउँसो विभागको टोलीले महाराजगञ्जस्थित जबराको घरमा छापा मारेको विभागका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । सापकोटाको मोबाइलको विवरण जाँच गरेर प्रहरी र सम्पत्ति शुद्धीकरणले संयुक्त रूपमा उनीसँगै जबरामाथि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान थालेका छन् ।

Chaka Panja

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई जेलबाट छुटाउन चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई असोज ११ मा महाराजगञ्जबाट नियन्त्रणमा लिएको थियो ।

बुधबार मध्यान्ह साढे १ बजेतिर इनाम सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जाने क्रममा पक्राउ परेका थिए । सो प्रकरणमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई गृह मन्त्रालयले छानबिनका लागी निलम्बन गरेको छ।

विभागले चोलेन्द्र निकट केही व्यक्तिहरूको घरमा समेत छापा मारेको छ । विभाग स्रोतका अनुसार नवीन बस्नेतको घर र नारायण दाहालको घरमा पनि विभागले छापा मारेको छ । बस्नेत जबराको ज्वाइँ नाता पर्छन् ।

Leave A Reply

Your email address will not be published.