काठमाडौँ,
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। बिहान साढे १० बजे बोलाइएको बन्दसत्र ५ घण्टा ढिलो गरि अहिले (अपराह्न ४ बजे) सुरु भएको हो।

वर्षालाई कारण देखाउँदै सारिएको बन्दसत्र अपराह्न ४ बजेदेखि सुरु भएको कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश आचार्यले जानकारी दिए।
बन्द सत्रलाई केही बेरमा सभापति गगन थापाले सम्बोधन गर्ने जानकारी गराइएको छ।
आज सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले गगन थापालाई समर्थनको घोषण गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।