काठमाडौँ,
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजका लागि तय भएको मतदान नहुने भएको छ ।

मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले निर्वाचन हुन नसक्ने भएको निर्वाचन समितिका संयोजक वरिष्ठ वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताए ।
उनका अनुसार अब शुक्रबार मात्रै मतदान हुने भएको छ । खड्काले निर्वाचन शुक्रबार बिहान ७ बजेबाट हुने बताए ।