
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चितवनमा दुई जातका अङ्गुरको परीक्षण
- खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
- चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्
- कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
- तनहुँको आँबुखैरेनीमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले लाभग्राहीलाई सहज
- पोखरा–भरतपुर–लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
- नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै
- आज असोज २७ गते मङ्गलबारको राशिफल पढ्नुहोस
- गरिमा विकास बैंकको २० औँ साधारणसभा सम्पन्न: २० प्रतिशत लाभांश पारित
- अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्
चितवन,
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहककोमा भूमिगत विद्युत् जडानको काम भइरहेको छ । अहिले दैनिक १३ वटा हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ । उहाँका अनुसार भूमिगत विद्युतीकरणअन्तर्गत १८ वटा फिडरमध्ये तीन वटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरी सकिएको छ ।

भूमिगत विद्युतीकरणअन्तर्गत भरतपुर महानगरपालिकाका एक हजार २४० ग्राहककोमा लाइन जडान गर्नुपर्ने हुन्छ । अहिलेसम्म आयोजनाले ९५ प्रतिशत काम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरभित्र विद्युत्ीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै रु १० करोड थप गरिएको हो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।