सुचना, समाचार र मनोरन्जन

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो । गीतमार्फत गाउँघरका सुखदुःख र सामाजिक सन्देश प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच हराउँदै गएका छन् ।

स्थानीय प्रेम श्रेष्ठले पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताको मौलिक कला तथा संस्कृतिप्रतिको घट्दो चासोले देउसीभैलोको पहिचान कमजोर बन्दै गएको बताए । त्यस्तै, रबीप्रसाद शर्माले आधुनिक प्रविधि र देखासिकीका कारण परम्परागत शैली हराउँदै गएको उल्लेख गर्दै यसको मौलिक स्वरूप जोगाउनुपर्ने बताए ।

Pach Pandav

यद्यपि, केही समूहले पुराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ ।

देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलनको माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति र सामूहिक एकताको अभिव्यक्ति पनि हो । समयअनुसार शैली परिवर्तन भए पनि मौलिक बाजा, भाका र नाचको संरक्षण हुन नसके तिहारसँग जोडिएको सांस्कृतिक पहिचान कमजोर बन्ने चिन्ता बढेको छ ।

 

Leave A Reply

Your email address will not be published.