सुचना, समाचार र मनोरन्जन

अन्जना र विजय अभिनित ‘सिन्दुरे जात्रा’को रुचाइयो ‘बाँसैको सुप्लाखे’

काठमाडौं :

चलचित्र ‘सिन्दुरे जात्रा’को गीत दर्शकले रुचाएका छन्। सिनेमाको ‘बाँसैको सुप्लाखे’ बोलको गीत दर्शकले रुचाएका हुन्। पाँच दिनमा युट्युबमा यो गीत २३ लाख बढीले हेरेका छन्। युट्युबमा गीत हेर्ने दर्शकले गीत राम्रो रहेको प्रतिक्रिया दिइहेका छन्। गीतले सिनेमाप्रति उत्सुकता जगाएको दर्शकले बताइरहेका छन्।

गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ। सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ। यो गीत टिकटकमा मात्रै २० हजार भन्दा बढी भिडियोमा प्रयोग भइसकेको छ। प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ। प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको मनको भाव छ।

Pach Pandav

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको नृत्यको पनि दर्शकले तारिफ गरिरहेका छन्। ‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरुको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन्।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ। मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ। चलचित्रको थिएटर पार्टनरका रूपमा विग मुभिज रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।

Leave A Reply

Your email address will not be published.