काठमाडौँ,
भारतको अयोध्याबाट हिजो दिउँसो छुटेको ‘सरयू कमला एक्सप्रेस’ रेल आज बिहान धनुषाको जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा रहेका तीर्थयात्रीलाई सरकारी टोली तथा स्थानीयबासिन्दाले स्वागत गरेका छन् ।

यात्रु र भारतका प्रतिनिधिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रम मन्त्री रामजी यादवले स्वागत गर्नुभयो । त्यसअवसरमा नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर, फूलमालाले स्वागत गरिएको छ ।
हिजो प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि छुटेको थियो । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित नयाँ अन्तरदेशीय सीधा रेल सेवा उद्घाटन गरिएको हो ।
रेल सेवाको व्यावसायिक सञ्चालन छिट्टै शुरु गर्ने तयारी छ । रेलसेवा हप्तामा एक दिन व्यावसायिक रूपमा सञ्चालन हुनेछ ।