सुचना, समाचार र मनोरन्जन

बर्दियामा भिषण आगलागी,एकै परिवारका ४ चारजनाको मृत्यु

बर्दिया :

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। गए राति लागेको आगोमा परि १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
के कारणले आगलागीको भयो भन्ने बारे अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.