२०८० फागुन २१ गते, साेमवार ४ मार्च २०२४। फाल्गुण कृष्णपक्ष नवमी तिथि। ज्येष्ठा नक्षत्र, ११ः३८ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, ११ः३८ बजेपछि धनु।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। समयमा काम सम्पादन गर्न नसकिए पनि दिगो योजना बनाउन सकिनेछ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमाइलो यात्रा गर्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विशेष काममा बिहानको समय अनुकूल रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन्। रमाइलो व्यापारिक यात्रा हुनेछ। आकर्षक उपहारले काममा उत्साह जगाउनेछ। ज्ञान, कला र व्यक्तित्वमा पनि निखारता आउनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। दिउँसोदेखि स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले समस्या सुल्झाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम गर्न बिहानको समय अनुकूल रहनेछ। भौतिक साधन जुटाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। दिउँसोदेखि आफ्नै समस्याले काम रोकिन सक्छ। नजिकका साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रहयोग छ। रोकिएको काम बन्नेछ। नयाँ काम सुरु गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही अवसर देखिए पनि मनोरञ्जनमा अलमलिँदा काम रोकिनेछ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अस्वस्थताले कमजोरी अनुभूति हुनेछ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। दिउँसोदेखि बजार निस्कँदा अधिक खर्च हुन सक्छ। सोखले अनावश्यक किनमेलमा खर्च बढाउनेछ। उधारो व्यापार हुनेछ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगी जुट्नाले काममा उत्साह जाग्नेछ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको समय फलदायी रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। काम बन्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्याले खर्च बढ्नेछ भने खर्च गर्ने बानीले सञ्चित रकम सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व समेत बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। दिउँसोदेखि चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ।
साभार: नेपाली पात्रो