सुचना, समाचार र मनोरन्जन

मदन ताम्राकारको ७६औं जन्मोत्सवमा ‘आजकी बुहारी’को शुभ मुर्हत

काठमाडौं :

फिल्म लेखक तथा निर्माता मदन ताम्राकारको ७६ औं शुभ जन्मोत्सवको अवसर पारेर फिल्म ‘आजकी बुहारी’को शुभ मुर्हत गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच फिल्मको मुर्हतसँगै छायांकन थालिएको छ।

सुनिल थापा, जय किशन बस्नेत,निरु मगरको मुख्य भुमिका रहने फिल्ममा दर्शकहरुले यस चलचित्रमा हास्यव्यंग्य तथा एकशनले भरिपुर्ण रहेको साथै नारीलाई एक सशक्त र पृथक भुमिकामा देख्ने निर्माता ताम्राकारले बताए।

रिता बस्नेत ताम्राकार र पुनम बज्राचार्य ताम्राकार निर्माता रहेको यस फिल्ममा संगीतकारमा दिपक संगम बिसी रहेका छन् भने छायांकनमा मेहफुज अन्सारी , र द्वन्द्व निर्देशन तथा निर्देशकमा शंकर महर्जन रहेका छन्।

Leave A Reply

Your email address will not be published.