काठमाडौं :
अभिनेता आकाश श्रेष्ठले बालआश्रममा आफ्नो जन्मदिन मनाएका छन् । आइतबार मूलपानीमा रहेको स्थानीय स्नेहा आश्रमलाई ५० हजार रुपैयाँ सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन्।
आश्रितमा रहेका बालबालिकासँग जन्मदिनको केक काटेर सेलिब्रेट गरे। खाद्य सामग्री सहित आश्रम पुगेका उनले नगद पनि आश्रमलाई प्रदान गरेका थिए। उक्त बालआश्रमलाई अभिनेता सुलेमान शंकर इकुले सञ्चालन गर्दै आएका छन्।
जन्मदिनको अवसर पारेर उनले अर्को साल जन्मदिन मनाउँदा दुलही सहित उपस्थित हुने जानकारी दिए।‘अर्को जन्मदिनमा आफू एकबाट दुई भएर त्यही आश्रममा जोडीसहित उपस्थित हुनेछु,‘उनले भने।
फिल्म ‘म त तिम्रै हुँ’बाट अभिनय करिअर थालेका आकाशले ‘ब्ल्याक, रामकहानी, पोई प¥यो काले, सम्झना बिर्सना, सम्हालिन्छ कहिले मन, हिंड्दा हिंड्दै’ लगायत थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन्।