काठमाडौं :
कात्तिक १५ गते अर्थात (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार अभिनेत्री शर्माको पोस्टर सार्वजनिक गरेको हो।
रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा अभिनेत्री मात्र राखिएको छ। सहरीया युवतीका रुपमा चित्रित रहेकी आनालाई आकर्षक लुक्समा देख्न सकिन्छ। पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ। बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रकेफाष्टका लागि महंगो होटलमा पुग्छिन् भन्ने संकेत पोस्टरमार्फत अनुमान गर्न सकिन्छ। तर यथार्त के हो यसबारेमा फिल्म रिलिज पछि नै थाहा होला।
यसअघि यो सिनेमाका तीन वटा पोस्ट सार्वजनिक भएका थिए । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काका पाँच भिन्न गेटअपमा सार्वजनिक गरेको थियो । त्यस्तै करिब १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको थियो।
राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप, राजवल्लभ र आनासँगै नव(नायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन्।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन्। फिलमको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्। फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्। शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ।
मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्म सह(निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन्। फिल्म काव्य थापाको मेकअप, वसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ।
फिल्म निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर, साहिल खान को पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का रहेका छन्। फिल्मलाई वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।