सुचना, समाचार र मनोरन्जन

कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’ले कमाईमा बढायो गति,तीन दिनको कमाई २१ करोड ७५ लाख

काठमाडौं :

कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ले तीन दिनमा २१ करोड ७५ लाख भारु कलेक्सन गरेको छन्। पहिलो र दोस्रो दिन सुरुवाती व्यापार अपेक्षित रुपमा गर्न नसकेको फिल्मले बक्स अफिसमा बिस्तारै गति बढाएको हो।

शुक्रबार ४.७५ करोड भारुको ओपनिङ गरेको यो फिल्मले शनिबार ७ करोड कलेक्सन गरेको छ। पहिलो र दोस्रो दिनको तुलनामा आइतबारको कमाइमा बढोत्तरी गर्दै करिब १० करोड भारु कलेक्सन गरेको भारतिय मिडियाले उल्लेख गरेको छ। योसँगै फिल्मको कुल कमाइ २१ करोड ७५ लाख भारु पुगेको हो।

निर्माण पक्षका अनुसार यो फिल्मले विस्तारै कमाईको गति बढाएको छ। फिल्म गतिलो नभएको दर्शकले आँकडा गरेको र हेर्ने दर्शकले फिल्म राम्रो भनेपछि हलमा दर्शक बढेको हो। यो यो फिल्मले विश्वभर तीन दिनमा २८ करोडको कलेक्सन पार गरेको बताइएको छ। फिल्मले एक खेलाडीको संघर्षको कथालाई प्रस्तुत गरेको छ। कार्तिकको शीर्ष भूमिका रहेको ‘चन्दु च्याम्पियन’मा विजय राज र भुवन अरोराको पनि मुख्य भूमिका छ । कवीर खानले निर्देशन फिल्मलाई साजिद नाडियावाला र कवीर खानले लगानी गरेका छन्।

Leave A Reply

Your email address will not be published.