काठमाडौँ :
इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डाक्टर आयुष्नोभा ढुंगानाले गर्ने भएकी छन् । शर्म अल शेखमा नोभेम्बर २१देखि आयोजना हुने प्रतियोगीताका लागि उनी केही दिनपछि इजिप्ट उड्नेछिन्।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगीताको उनी नेपालको एक्लो प्रतिनिधि हुन्। प्रतियोगीताका लागि उनले राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तीको प्रतिक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउनेछिन्। ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न पाउदा निकै गर्व महसुस भएको ढुंगानले बताइन् । ताज नेपाल ल्याउने उदेश्य सहित आफु प्रतियोगीतामा सहभागी हुन लागेको उनको भनाई छ।
‘प्रतियोगीताका लागि तयारी राम्रो गरेको छु’, ढुंगानाले भनिन् ‘नेपालको नाम उचो गरेर फर्किन्छु।’ प्रतियोगीतामा जीतका लागि सबैको नेपालीको शुभकामना र शुभेच्क्षाको अपेक्षा आफुले राखेको उनले सुनाइन् ।
प्रतियोगीताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषी र नेपाली पहिरन लगायतका कलासंस्कृति समेत झल्काएकी छन्। ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि विजेता समेत रहेकी डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन्।
संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।