सुचना, समाचार र मनोरन्जन

‘वर एण्ड वधु’प्रचार प्रसारमा निर्देशक र कलाकारको आ-आफ्नै दाबी

काठमाडौं :

फिल्म ‘वर एण्ड वधु’प्रदर्शनमा आउन ४ दिन बाँकी रहेको छ। यहि भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई निर्माण टिमले व्यापक प्रचारप्रसार गरिरहेको छ।

फिल्ममा समावेश गीत,टिजर देखि ट्रेलर समेत सार्ववनिक गरेको यो टिम यतिबेला पूर्वका विभिन्न जिल्लामा फिल्मको प्रवर्धन गरिरहेका छन्।
फिल्मको गीत,ट्रेलरलाई दर्शकले त्यति साथ दिएको पनि पाइदैन। तर निर्माण टिमले हरेश पनि खाएको छैन। त्यसैले फिल्मका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, आँचल शर्मा र विवेक कर्माचार्य यो सिलसिलामा पूर्वेली सहर विर्तामोड, धरान, इटहरी र विराटनगरका पत्रकारसँग फिल्मका बारेमा भलाकुसारी गरिरहेका छन्।

पुर्वका रहेका निर्देशक चाम्सले ‘वर एण्ड वधु’ फिल्मजस्तो फिल्म बनेको भन्दै दर्शकले उच्च क्यानभाससहित उत्कृष्ट फिल्म हेर्न पाउने दाबी गरेका छन्। उनले यो फिल्मको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको हुँदा दर्शकले फरक टेष्ट पाउने उनको भनाई छ।

यता किरण कसेीले भने आफुले खेलेको फिल्ममध्ये यो एक नम्बरमा रहेको दाबी गरे। यो फिल्मलाई लिएर अभिनेत्री शर्मा निकै अपेक्षित रहेको आशय व्यक्त गरिन्। उनले यो फिल्म हेरेका दर्शकको आँखा शितल बनाउनेमा आफु ढुक्क रहेको दाबी गरिन्। उनका अनुसार दर्शकले यो
फिल्ममा लभ, रोमान्स, कमेडी, धोका सबै कथावस्तु पाउनेछन्। यो फिल्मबाट दर्शकले पूर्ण प्याकेजको फिल्म हेर्न पाउने अभिनेत्री शर्माको भनाई छ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ । मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको फिल्मको टिमलाई दर्शकले स्वागत गरेका थिए।

Leave A Reply

Your email address will not be published.