काठमाडौं :
शुक्रबारबाट हलमा मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’ प्रदर्शनमा आएको छ। अभिनेत्री आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको जोडीलाई लिएर निर्माण भएको यो फिल्म प्रदर्शनमा आएको हो।
मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएको फिल्मले प्रदर्शनपूर्व पोखरा र काठमाडौंको प्रिमियरमा राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो ।
फिल्ममा आँचल र विवेकसहित विजय लामा, किरण केसी, अंशु महर्जन, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रविन्द्र खड्का, हिमेश पन्त आदिको पनि अभिनय छ।
यसमा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् । सुदिप बरालको डीओपी रहेको यो फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ। यसअघि निर्देशक मिलन चाम्सको निर्देशनमा ‘गोर्खा वारियर’प्रदर्शनमा आएको थियो।