सुचना, समाचार र मनोरन्जन

प्रदीप खड्काको जोडी बन्न सकिनन आँचल,‘पिताम्बर’बाट भइन् आउट

काठमाडौं :

छायांकन भइरहेको फिल्म ‘पिताम्बर’बाट अभिनेत्री आँचल शर्मा आउट भएकी छन्। प्रदीप खड्काको जोडीको रुपमा बाँधिएकी यो फिल्मबाट उनी आउट भएकी हुन्। उनको सट्टामा दिलिप रायमाझीकी छोरी दिब्या रायमाझी भित्रिएकी छन्। उनले प्रदीप खड्कासँग एक्टरमा काम गरेकी थिइन्।

आँचल यो फिल्मबाट बाहिरिनुको कारण निर्माण टिम होइन्। उनी अनुबन्धित भएको तीन फिल्म ‘पिताम्बर’ ,‘दुःखी आत्मा’ र ‘जेरी अन टप’ले एकसाथ छायांकन भएपछि उनी पिताम्बरबाट आफै सल्लाहमा आउट भएकी हुन्। उनका अनुसार यो फिल्मबाट आफै हटेको हुन्। यताको फिल्म छायांकन गर्न नभ्याएकी आँचल यतिबेला दीपेन्द्र लामाको ‘दुःखी आत्मा’ को छायांकनमा व्यस्त भएकी छन्।

त्यस्तै, फिल्म ुपिताम्बरुको टिम अहिले फिल्म छायांकनको क्रममा नवलपरासी छ। आँचलको ठाउमा प्रवेश गरेकी नायिका दिव्या पनि यतिबेला नवलपरासीमै पुगेकी छिन्। यो फिल्मको केही समयदेखी नवलपरासीमा छायांकन चलिरहेको छ।

दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, आर्यन सिग्देल, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहने छ। आँचल शर्माको पछिल्लो समय फिल्म ‘वर एण्ड वधु’प्रदर्शनमा आएको थियो।

Leave A Reply

Your email address will not be published.