सुचना, समाचार र मनोरन्जन

‘एक्टर’मार्फत फिल्ममा कमब्याक गर्दै राजेश हमाल

काठमाडौं :

काम विहिन बसेका अभिनेता राजेश हमाल सिति मिति फिल्ममा फर्कने आँट गरेका छैनन्। उनी आफुलाई पुरानै धारमा फर्काउन बलियो फिल्मको प्रतिक्षामा छन्। नत्र उनी फिल्म नखेल्ने मुडमा छन्।

Gokarna Karki

उनी सितिमिती फिल्ममा नफर्कने बताइरहेको बेला उनलाई फिल्म ‘एक्टर’का टिमले अफर गरिएको छ । निर्माण हुन लागेको फिल्ममा उनलाई अफर गरिएको जानकारी आएको हो। राजन भुसालको निर्देशनमा निर्माण हुने थमन कुमार भण्डारीले लगानी गर्दैछन्।

यो फिल्ममा यस अघि अभिनेता प्रदीप खड्का र स्वस्तिमा खड्काले मुख्य भूमिकामा काम गर्दैछन्। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल रहेका छन् । निर्माण पक्षका अनुसार यो फिल्मको छायांकन सन् २०२४ मा सुरु हुने छ भने रिलिज सन् २०२५ मा हुनेछ।

Leave A Reply

Your email address will not be published.