एजेन्सी :
बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफको एक साथ अभिनय गरेको फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलरको चर्चा चुलिएको छ। बलिउडमा ‘एक्सन स्टार’को रुपमा चिनिएका अक्षकका साथ श्राफको अभिनयले दर्शकमाझ कौतुहलमा जगाएको अनुमान लगाउन थालिएको छ।
पहिलोपटक एकसाथ काम गरेका दुवै एक्सन अवतारमा प्रस्तुत भएका छन्। मंगलबार सार्वजनिक भएको ट्रेलरमा आतंककारीबाट देश (भारत)लाई बचाउन उनीहरुले लडाइँ लडेको देख्न सकिन्छ। ट्रेलर रिलिज भएको एक दिनमा नै एक करोड त्रिपन्न लाख भन्दा बढि भ्युज भइसकेको छ भने कमेन्ट ३७ हजार कटेको छ। ‘एक्सन सिक्वेन्स’ ट्रेलरमा सानदार देखिन्छ ।
यो फिल्ममा अक्षय र टाइगर दुवै आर्मी पृष्ठभूमिका रहेकोछन् । यसमा यि दुईका अलवा सोनाक्षी सिन्हा, मानुषी छिल्लर, आलिया फर्निचरवाला, रोनित रोय लगायतको अभिनय रहेको छ । अली अब्बास जफरले निर्देशन गरेको यो फिल्ममा ‘सलार’ अभिनेता पृथ्वीराज सुकुमारले भिलेनको भूमिका निवार्ह गरेका छन्। निर्देशक जफरले यसअघि ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’ लगायत राम्रा फिल्म निर्देशन गरिसकेका छन्। यो फिल्म आगामी १० अप्रिल (चैत २८ गते)बाट प्रदर्शन गरिने निर्माण टिमको तयारी छ।