सुचना, समाचार र मनोरन्जन

धरान पुगेर एलिना चौहानले ‘धोकेबाज हौ तिमी’भनेपछि तातियो……

धरान :

लामो समय सुस्ताएको धरानको सांगीतिक चहलपहल मंसिर १५ र १६ गते गरी दुईदिन धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको ‘गीता एभिएशन धरान म्युजिक फेस्ट २०८०’ ले बढाएको थियो।

सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको ‘धरान म्युजिक फेस्ट २०८०’को पहिलेओ दिन मंसिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड ‘पहेंलो बत्ति मुनि’ र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानले यहि गीतबाट आफ्नो प्रस्तुती थालेकी थिइन्। उनले ‘धोकेबाज संगै ‘भाग्यमा खोट छ’, ‘तिम्रो मायाले बाँधेर राख’,‘के माया लाग्छ’ लगायतका आफ्ना चर्चित गीतहरु गाएर धराने दर्शकहरुलाई मनोरंजन दिइन्।

एलिना चौहानपछि ‘पहेंलो बत्ति मुनि’को ब्याण्डले ‘गौंथली’, ‘लोरी , बरी लै’, ‘म बाटो हिँड्ने’ सुनाए। सोही कार्यक्रममा स्थानीय धरानको सबमर्ज ब्याण्डले पनि समेत आफ्नो प्रस्तुति दिएको थियो।

त्यस्तै म्युजिक फेस्टको अन्तिम दिन मंसिर १६ शनिबार लोकप्रिय गायिका तथा भ्वाईस अफ नेपालकी कोच मिलन नेवारको प्रस्तुति निक्कै नै आकर्षक रह्यो। धरानमा आफ्नो पहिलो शो गरेकी उनको धरानको पहिलो आउटडोर कार्यक्रम रहेको थियो। मिलनले आफ्नो चर्चित गीत ‘सुनसान रातमा’, ‘इट्स स्लोली’,‘गाला रातै’, ‘जनम जनम जिउँलासंगै’ ,‘फुलबुट्टे सारी’ लगायतका गीत गाएर धराने दर्शकलाई मनोरंजन दिलाइन्।
सोही कार्यक्रममा पछिल्लो समयका धरानका प्रतिभावान गायक पूर्ण राईको बिशेष प्रस्तुतिले धरान ततायो। उनले विभिन्न गीत सुनाएर धराने युवा दर्शकहरुको मन जित्न सफल भए। धरानको आउटडोर कन्सर्टमा पहिलोपल्ट आफ्नो प्रस्तुति दिएका उनले ‘मनका कुरा’,‘धुर्वतारा’, ‘नभेटेको भए’ लगायतका आफ्ना चलेका तथा नयाँ गीत गाएका थए।

स्थानीय लासोज ब्याण्ड र द भ्वाईसमा ब्याटल राउण्ड पार गरेका धरानका रिजन लोहनीले समेत आफ्नो दरिलो प्रस्तुति दिएका थिए।
धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिनुहुने सुन्दर साउण्ड सिस्टमका सुन्दर श्रेष्ठ संगै कालो कालो रात र गुराँसको फेद मुनिको संगीतकार तथा पुराना गायक नवराम राईलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा,गीतकार मिना सिंगक र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले कदर –पत्र खादा तथा दश हजार रुपैयाको छेक सहित सम्मान गरे।

सुरेश राई तथा नबिना मग्रातीले कार्यक्रम संचालन गरेको कार्यक्रममा स्थानिय कला केन्द्रका डान्सरहरुले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए।

Leave A Reply

Your email address will not be published.