सुचना, समाचार र मनोरन्जन
Sarangi

फिल्म ‘पुष्पा २’बाट अल्लु अर्जुनले लिए तीन सय करोड भारु,थलापति विजयलाई पनि उछिने

काठमाडौं :

यतिबेला भारतका मिडियामा अल्लू अर्जुनको पारिश्रमिकको समाचारले भरिएको छ। साउथ फिल्मका सुपरस्टार थलापति विजयको अन्तिम फिल्मको पारश्रमिक २७५ करोड भारु लिएको चर्चा सेलाउन नपाउउर्दै अल्लु अर्जुनको पारिश्रमिक बढेको चर्चा चुलिएको छ। थलापतिले ‘थलापति ६९’का लागि लिएर भारतकै सबैभन्दा महंगा अभिनेता बनेको केहि साता नबित्दै अर्का अभिनेता अल्लू अर्जुन पनि थपिएका छन्।

भारतिय मिडियाका अनुसार उनले प्रदर्शनको सम्मुखमा रहेको आफ्नो नयाँ फिल्म ‘पुष्पा २’का लागि भारु तीन सय करोड पारिश्रमिक मागेका छन्। निर्माण पक्षले पनि उनलाई मागेजति पारिश्रमिक दिएका छन्। अल्लु अर्जुनले फिल्म ‘पुष्पा’को सफलतापछि पछाडि फर्केर हेर्नु परेको छैन। उनले ‘पुष्पा’का लागि ५० करोड पारिश्रमिक बुझेको भारतिय मिडियाले उल्लेख गरेका थिए।यसैको सिक्वेल आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा छन्।

Leave A Reply

Your email address will not be published.