म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी हुँदै धवलागिरिको चक्रीय पदयात्रामा गएका ३ विदेशीसहित १५ जना पदयात्रीलाई जोमसोम ल्याइँदैछ । उनीहरूलाई मुस्ताङबाट खटिएको सुरक्षाकर्मीको टोलीले फेला पारेर सुरक्षित रूपमा फर्काएको हो ।
गएको सोमवारदेखि परेको हिमपातका कारण ३ जना बेलायतका महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितको संयुक्त टोलीले आज बिहान उनीहरूलाई सुरक्षित भेट्टाएसँगै जोमसोमतर्फ ल्याएको हो ।