सुचना, समाचार र मनोरन्जन
Sarangi

महेशसँगको विवाहका बारेमा बोलिन् अस्मिता,भन्छिन् : स्टुडियोमा भेट भएको थियो

काठमाडौं :

गायिका अस्मिता अधिकारी र महेश काफ्लेबीच इन्गेजमेन्ट भइसकेको छ। उनीहरुको विवाह चाँडै नै हुनेवाला छ। उनीहरुले एक साता अघि दुवैमा इन्गेजमेन्ट गरेका थिए। यसबारेमा गायिका अधिकारीले प्लानिङ नभई अफरजट गरिएको खुलासा गरेकी छन्।फिल्म ‘माइली’को गीत रेकर्डकाक्रममा अनामनगरमा भेटिएकी गायिका अधिकारीले प्लानिङ नभइकन नै त्यो इन्गेजमेन्ट भएको जानकारी दिएकी हुन्।

दुबहीमा नै इन्गेजमेन्ट गर्नुको कारण के थियो भन्ने प्रश्नमा उनले भनिन्,‘त्यो संयोग मात्र हो। किनभने त्यो हाम्रो प्लान थिएन। हामी त्यहाँ सांगितिक कार्यक्रमका लागि पुगेका थियौँ। त्यो कार्यक्रममा संयोगले हामीलाई बोलाइएको थियो। त्यहि पुगेको बेलामा ल अब गर्दिम न त,बेला पनि भइसकेको छ भनेर गरे हो।’

उनले परिवारलाई सोधेरै आफुले महेशसँग नजिक भएको बताईन्। कुराकानीका क्रममा उनले महेशसँगै आफ्नो भनाईहरु राख्ने चाहाना रहेको तर त्यो भन्दा अगाडि नै मुख खोलेकोमा उनले माफी समेत मागेकी छन्। उनले पहिलो पटक महेशलाई गीत रेकर्डिङ स्टुडियोमा नै भेट भएको र त्यहिबाटको सहकार्यमा प्रेमका मुना पलाएको बताईन्।

‘पहिलो पटक स्टुडियोमा भेट हुँदा त्यस्तो केहि पनि थिएन,’उनले भनिन्,‘उहाँको पहिला देखि नै गीतहरु सुनेको,थाहा भएको थियो। उहाँलाई गीत गाउने सहकार्यमा नै भेटेको हो। पछिबाट चाँही गीत गाउने सहकार्यमा फ्रेण्डसिप हुँदै अहिले यो अवस्थामा आएको हो।’

उनीहरुको प्रेम करिव दुई वर्षअघिबाट चलेको हल्ला छ। तर उनीहरुले खुलाएर प्रेमका बारेमा बोलेका थिएनन्। केहि समय अघि फिल्म हलमा भेटिएका महेशले प्रेममा आफुहरु रहेको बारेमा खासै बोलेका थिएनन्। उनले मुस्कुराएर जवाफ फर्काएका थिए। जे होस् उनीहरुको अबको यात्रा सफल रहोस् शुभकामना।

Leave A Reply

Your email address will not be published.