सुचना, समाचार र मनोरन्जन

अमृतले ल्याउदै ‘भैलेनी’गीत

काठमाडौं :

वरिष्ठ चलचित्रकर्मी अमृतमान महर्जनलाई तिहारले छपक्कै छोपिसकेको छ। तिहार आउन केहि बाँकी रहदै उनलाई तिहार लागिसकेको हो।
उनले  तिहार लक्षित गीत ‘तिहारै आयो’ भैलिनी लिएर दर्शकमाझ आएका छन्।

सरद कुमारी श्रेष्ठको शब्द र स्वर रहेको तिहारको दम्दार गीतको भिडियोमा उनले आयूष्मा कार्कीलाई नचाएका छन्। भैलिनी गीतको म्यूजिक भिडियोमा नारायण जिसीको छायांकन र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। गीतको भिडियो छिट्टै रिलिज गर्ने निर्देशक महर्जनले बताए। उनले भने,‘भिडियोको काम अन्तिम चरणमा पुगेको छ। केहि दिनमा नै भिडियो दर्शकमाझ सार्वजनिक गर्दैछाँै।’

Leave A Reply

Your email address will not be published.