सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अनमोलले ५० लाख पारिश्रमिकको कर तिर्दा निर्माता खुसी

काठमाडौं :

अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ बाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत ७ लाख ५० हजार कर तिरेका छन्। अनमोलले कर तिरेपछि ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले खुसी देखिएका छन्।

IVF Big

उनले केसीले तिरेको करको रसिद सहति सार्वजनिक गरेका छन्। निर्माता अधिकारीका अनुसार यो फिल्मबाट अनमोलले ५० लाख पारिश्रमिक बुझेका थिए। सोही बुझेको रकम बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन्। यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ।

नत्र यस अघि हल्लामा बढि उनको चर्चा चल्ने गरेको थियो। अनमोलले पहिलो पटक आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन। यसअघि उनले कुनै सार्वजनिक गरेका थाहा छैन।

Leave A Reply

Your email address will not be published.