काठमाडौं :
अभिनेता अनमोल केसीले वर्षमा २ वटा फिल्ममा काम गर्ने उदघोष गरेका छन्। गत वर्ष ‘छड्के २’ नचलेपछि अन्योलमा रहेका थिए। उनी अभिनित फिल्म ‘फर्की फर्की’प्रदर्शनरत फिल्मले उनलाई फेरि सचेत गराएको छ। उनी अब वर्षमा २ वटा मात्रै फिल्म खेल्ने सोचमा पुगेका छन्।
बिहिबारबाट दर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार राम्रै व्यापार गरेको थियो। फिल्म प्रमोसनमा उपत्यकाका हल हलमा पुगेका अनमोलले पत्रकारसँग कुरा गर्दै अब वर्षमा २ वटा फिल्म खेल्ने जानकारी दिएका हुन्। उनी हप्तापछि फिल्म ‘जेरी २’को छायांकन सुरु गर्दैछन्।