काठमाडौं :
दश वर्ष अघि अभिनेता निखिल उप्रेतीको जोडीका रुपमा अभिनय गरेको फिल्म ‘भैरव’ले राम्रै चर्चा कमायो। यहि फिल्मबाट अनु शाहलाई दर्शकले चिन्ने मौका पाए। उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘फिटकिरी’हो। जुन ५ वर्ष अघि प्रदर्शनमा आएको थियो। यस फिल्मलाई दर्शकले हलमा आएको उत्रेको पत्तै पाएएनन्। यो फिल्मपछि अनुलाई फिल्ममेकरले फिल्ममा लिनै सकस माने।
यो फिल्मको प्रदर्शनपछि अर्थात झन्डै ५ वर्षपछि अुनले फिल्म ‘ईश्वर’मार्फत कमब्याक गरेकी छन्। जुन फिल्म शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु भएको छ।
मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको यो फिल्मले नेपाली ‘ब्लाक छायाँ’का अलवा बलिउड फिल्म कल्की’, ‘ब्याड न्यूज’सँग भिड्नु परेको छ। शुक्रबारबाटै तमिल सुपरस्टार धनुष अभिनीत फिल्म ‘रायन’ पनि थपिएकोले अनुका लागि निकै चुनौतीपुर्ण छ।
राजु गिरीले निर्देशन गरेको यो फिल्ममा अनुका साथमासुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, पृथ्वीराज प्रसाईं, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बाँस्तोला, युवराज गिरी लगायतको अभिनय छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा हरिबहादुर थापा छन्।
अन्तरजातीय प्रेम सम्बन्धको कथालाई निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ।