सुचना, समाचार र मनोरन्जन

राप्रपाको युवा नेतृत्‍वमा अरुण गिरी: ४० वर्ष मुनिका केन्द्रीय सदस्यमा चयन

 

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीका प्रवक्ता अरुण गिरीलाई पार्टीको केन्द्रीय सदस्यमा ४० वर्ष मुनिका ४० युवाहरूको अन्तर्गतमा मनोनित गरिएको छ।

गिरीलाई यस महत्वपूर्ण जिम्मेवारीमा चयन गरिएपछि उनको चर्चा सुरू भएको छ।

गिरी राजनीतिमा प्रवेश गर्नु अघि सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका थिए। उनले चलचित्र पत्रकार संघ, नेपाल कास्कीको अध्यक्ष पदमा रहँदा आफ्नो कुशल नेतृत्व र नैतिक जिम्मेवारी निभाएका थिए।

राप्रपामा प्रवेश गर्नुको प्रमुख कारण भनेको नेपालको धर्म, संस्कृति, सम्पदा र इतिहासको संरक्षण र संवर्द्धन गर्नु भन्ने गिरीको स्पष्ट दृष्टिकोण रहेको बताएका थिए। उनले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउन र संवैधानिक राजसंस्थाको पुनःस्थापनाको पक्षमा सधैं अडिग रहँदै, पार्टीभित्रका विसंगतिहरूको खुलेर आलोचना गर्दै सुधारका लागि सशक्त आवाज उठाउँदै आएका छन्। जनहित र पार्टी हितको सधैं प्राथमिकता दिएको बताउने गिरीले पार्टीमा नयाँ उर्जा र सोच ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

नयाँ जिम्मेवारीले आफ्नो नेतृत्व क्षमतालाई पोखराको राजनीतिक परिदृश्यमा अझ सशक्त बनाउने उनले बताए। पार्टीको जिम्मेवारीमा  रहेर  उनले अझ बढी सक्रियताका साथ जनसेवामा लाग्ने र पार्टीको सशक्तिकरणमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave A Reply

Your email address will not be published.