सुचना, समाचार र मनोरन्जन
Sarangi

लकी ट्राभलले जित्यो नौ वटा विभिन्न एअरलाइन्सको अवार्ड

काठमाडौँ :

लकी ट्राभल एण्ड टुर्स प्रालिले गत वर्ष विभिन्न नौ एअरलाइन्सको विविध विधाका अवार्ड जित्न सफल भएको छ। प्रालिले २१ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा गत वर्ष नौ अवार्ड जितेको जानकारी दिएको हो।

प्रालिले विमान बंगलादेशको शीर्ष ५ बिक्री पर्फमेन्स अवार्ड वर्ष २०२२/२३, थाई एयरवेज आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त), चाइना साउथर्न एयरलाइन्सको उत्कृष्ट बिक्री पर्फमेन्स पुरस्कार वर्ष २०२३ को (सन्२०२४ प्राप्त भएको), टर्किस एयरलाइन्स टप एजेन्ट पुरस्कार वर्ष २०२२/२३ ( सन् २०२४ मा प्राप्त) गरेको छ।

यसैगरी कतार एयरवेजको बेस्ट स्टुडेन्ट रेभिन्यु पर्फर्मेन्स पुरस्कार वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त), वर्ष २०२२/२३को लागि मलेशिया एयरलाइन्स टप एजेन्ट पुरस्कार, हाह्न एअरको टप बिक्री एजेन्ट पुरस्कार वर्ष २०२२/२३, श्रीलंका एयरलाइन्स टप एजेन्ट रजत पुरस्कार वर्ष २०२२/२३, भिस्तारा एअरलाइन्स टप एजेन्ट पुरस्कार सन् २०२२/२३ प्राप्त गरेको छ।

यस्तै ट्राभलले मेरोफ्लाइट डटकमका लागि सन् २०१८ बाट आक्रामक मार्केटिङ गर्दै सेवा दिइरहेको छ । मेरोफ्लाइट डटकमले यात्रुुहरूको विकसित आवश्यकताहरू पूरागर्न डिजाइन गरिएको यात्रा सेवाहरूको लागि एक व्यापक अनलाइन प्लेटफर्म प्रदान गरेको कम्पनीले जनाएको छ । काठमाडौंको गैरीधारामा २५ सय स्क्वायर फिट क्षेत्रफलमा अवस्थित नयाँ ओटीए कार्यालयले ग्राहकहरूको सुविधा सुनिश्चित् गर्दै पर्याप्त पार्किङ स्पेस प्रदान गरेको कम्पनीले जनाएको छ।

ट्राभलका अध्यक्ष एम.एस. काप्री २१औं वार्षिकोत्सव महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको बताउँछन् । उनी भन्छन्, ‘यो उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो । हामी हाम्रा उपलब्धिहरू र हाम्रा ग्राहकहरूले हामीमाथि राखेको विश्वासमा गर्वगर्छौं । ‘आगामी दिनमा नवीनतालाई अँगालेर, नयाँ बजारहरूमा पहुँच विस्तार गर्दै उत्कृष्ट सेवा दिने प्रतिवद्धता अध्यक्ष काप्री व्यक्त गर्दछन् । ट्राभलका प्रबन्ध निर्देशक सनम शाक्य प्राप्त उपलब्धिबाट आफुहरु उत्साहित रहेको बताउँछन्।

उनले भने ‘लगातार नौ अवार्ड जित्नु हाम्रो टोलीको लागि उल्लेखनीय उपलब्धि हो । यसले हाम्रो समर्पण र कडा परिश्रम झल्काउँछ।’ ट्राभल उद्योगमा छुट्टै पहिचान कायम राख्दै नयाँ टेक्नोलोजीको प्रयोग गर्ने लक्ष्य राखिएको उनी बताउँछन्।’ बलियो नेतृत्व टोली र भविष्यको लागि स्पष्ट दृष्टिकोणको साथ, लकी ट्राभल आगामी वर्षहरूमा अझ ठूलो सफलताको प्राप्त गर्ने लक्ष्य राखेका कम्पनीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.