सुचना, समाचार र मनोरन्जन

बले र अलिशाको ‘उत्ताउलो जवानी’

काठमाडौं :

म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ को रिलिज भएको छ। निर्माण टिमले शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरेको हो।

वरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमूख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गायिका अन्नु चौधरी र संगीतकार स्वयं सिडि विजय अधिकारीको स्वर रहेको छ। यस गीतको भिडियोमा सागर लम्साल ‘बले’, अलिसा शर्मा र ग्रीष्मा पौडेल लगायतले अभिनय गरेका छन्।

कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास निर्देशक बबिता श्रेष्ठले लिएकी छन्। नृत्य निर्देशन रोशन विश्वकर्मा, शब्द सुजन कोइराला, संगीत सिडि विजय अधिकारीको रहेको गीतको भिडियो उत्तम हुमगाईंले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.