काठमाडौं :
फिल्म ‘कल्ली’मा दुई नयाँ कलाकार थपिएका छन्। लाई फिल्ममा ल्याएका छन्। निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतलाई फिल्मका लागि भित्राएको हो।
फिल्ममा यसअघि सौगात मल्ल, अर्पण थापा, वुद्धि तामाङ, कमलमणी नेपाल र बेनिशा हमाल,उत्तम प्रधान, माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन्। यो फिल्ममा कलाकारहरुलाई पुर्णता दिनका लागि वर्षा र नाजिर थपिएका हुन्। निर्माता किरण नेपालीले दुबैजनासँग कागजी सम्झौता भएको जानकारी दिएका छन।
पुष १० गतेबाट छायांकनमा निस्किने भनिएको यो फिल्म रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्ममा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको नृत्य रहने छ। फिल्मलाई निर्देशक लक्ष्मण सुनारले नै कथा लेखेका हुन्। फिल्मको पटकथा तथा संवाद महेश दवाडीको हुनेछ।
यतिबेला वर्षा अभिनित फिल्म ‘तेलभिसा’हलमा प्रदर्शन भइरहेको छ भने नाजिरको ‘मिसिङ : केटी हराएको सुचना’प्रदर्शनको तयारीमा रहेको छ। गत कार्तिक ३० गते हलमा लाग्ने भनिएको यो फिल्मलाई निर्माण टिमले प्राविधिक काम नसकिएको भन्दै प्रदर्शन स्थगित गरेको थियो।