सुचना, समाचार र मनोरन्जन

बेनिशा सहितको कलाकारले गाए ‘प्रहरीको पीडा पोखिएको गीत,रमेश उप्रेतीदेखि प्रकाश सपुतसम्मको अभिनय

काठमाडौं :

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्।
गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ।

गायक राजेशपायल राई सहित मेलिना राई बेनिशा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।रमेश उप्रेती, रमेश उप्रेती प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिशा पौडेललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ। त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्।

गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन रहेको छ।

यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको गीतमा गीतकार एवं प्रहरी प्रवक्ता कार्की बताए । उनी भन्छन्,यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।’ गीतलाई दर्शकले निकै मन पराएका छन्।

Leave A Reply

Your email address will not be published.