काठमाडौं :
६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको पहिलो अडिसन सम्पन्न भएको छ। रोज ब्युटी एकेडेमी रवि भवनमा सम्पन्न पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका हुन्।
ब्युटिसियनहरुको ब्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि यो प्रतियोगिता आयोजना हुँदै आएको यो प्रतियोगितालाई रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.ले संयुक्त रुपमा गरेको हो।
रोज ब्युटी एकेडेमीकी अध्यक्ष तथा अग्रज ब्युटिसियन सोनी कारजितको अध्यक्षतामा भएको अडिसनबाट यो प्रतियोगिताबाट सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठ छनोट भएका छन्।
यसको निर्णायकमा कोरियोग्राफर जयन सुब्बा मानन्धर,लायनद्धय नकुल गिरी,सुरेन्द्र गिरी, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता सरिता भारती, ब्युटिसियन सकुन्तला अवाले, हालकी ब्युटिसियन ट्यालेन्ट नेपाल मनिषा श्रेष्ठ र सेकेन्ड रनरअप श्वेता श्रेष्ठ मगर रहेका थिए ।
यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगिताले व्युटिसियनहरुलाई आफ्नो पार्लरबाट बाहिर आएर आफ्नो पेशामा नेतृत्व गर्ने क्षमता बढाउनुका साथै सेलिब्रेटी व्युटिसियनको रुपमा उनीहरुलाई स्थापित गर्दै आएको यसका अर्का आयोजक डब्बु क्षत्रीले बताए। उनका अनुसार ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ को उपाधि बिजेताले यसपटक काठमाडौं बैंकक काठमाडौंको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् ।
यदि हवाई टिकट नलिएको खण्डमा ५० हजार रुपैयाँ र क्राउन प्राप्त गर्नेछन् । फस्ट रनर अप, सेसेन्ड रनरअप लगायतलाई पनि विभिन्न पुरस्कारहरु रहेको छ । बिजेताहरुले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अबसर, मोडलिङ गर्ने अबसर पनि प्राप्त गर्नेछन्।