काठमाडौं :
बुधबार नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीका धुमधामका साथ मनाइएको छ। यसैक्रममा नेपालका सेलिब्रेटीहरुले भाईटीकामा दिदीबहिनीले दाजुभाइबीच लगाएर मनाएका छन्।
भाईटीकाको उत्तम साइत बिहान १०ः५१ मिनेटमा रहेको थियो । सोही साइतमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बहिनीबाट भाईटीका लगाएका छन् । उनले बहिनीको हातबाट टीका ग्रहण गरेको तस्विर सामाजिक सञ्जालमा राखेका छन्।
भुवन केसीकै छोरा तथा अभिनेता अनमोललाई उनकी दिदीले भाईटीका लगाइदिएकी छन्। अभिनेता दीपकराज गिरीले पनि भाइटिका लर्गाका छन्।अभिनेत्री केकी अधिकारीले भाई र दाईलाई टीका लगाएको तस्विर सार्वजनिक गरेकी छन्।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भाईलाई टीका लगाएकी छन् भने अभिनेता रमिता ढुंगानाले दिदीबाट भाईटीका ग्रहण गरेका छन् । मुश्लिम सुमदायका अभिनेता नाजिर हुसेनले पनि भाईटीका लगाएका छन्। जुन तस्विर उनले आफ्नो फेसबुकमा राखेका छन् । अर्का हास्यकलाकार सिताराम कट्टेल,कुमार कट्टेलले पनि बहिनीको हातबाट भाईटीका लगाएका छन् ।
सामाजिक सञ्जालमा अभिनेत्रीहरु सञ्चिता लुईँटेल, वर्षा सिवाकोटी, निशा अधिकारी, सारिका घिमिरे, अभिनेताहरु पुष्प खड्का, राज कटुवाल, संजोग कोइराला, निर्माता सन्तोष सेन आदिले पनि टीका लगाएका तस्विर आफ्ना फ्यानहरुलाई सेयर गरेका छन्।