सुचना, समाचार र मनोरन्जन

भानुभक्तको जन्म जयन्तीमा भानुभक्तको सालिकमा माल्यार्पण तथा कविता वाचन

काठमाडौं :

आदिकवि भानुभक्त आचार्यको २११ औ जन्म जयन्तीमा बालाजु बाइसधारा पार्क भित्र भानुभक्तको सालिकमा माल्यार्पण तथा कविता वाचन गरिएको छ। शनिबार को  अवसरमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा कविता वाचन गरिएको हो।

Gokarna Karki

प्रतिष्ठानका अध्यक्ष उत्तम के.सी नेपालको सभापतित्वमा र साहित्यकार  लेखक कवि श्रीहरी फुयांलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन भएको हो। उक्त अवसरमा वरिष्ठ साहित्यकारहरु भोजराज न्यौपाने, बासुदेव ठकुरी, भिष्मराज ढुङ्गेल, बालचन्द्र सुवेदी, शम्भु गजुरेल,कृष्ण प्रसाद पौडेल रसुवाली कवी, कवियत्री दिल कुमारी डंगोल,बाल कविहरु प्रतिष्ठित भण्डारी,अभिमा घिमिरेलगायतले आफ्ना कविता सुनाएका थिए।

सोहि समारोहमा प्रमुख अतिथी वरिष्ठ साहित्यकार, लेखक श्रीहरी फुयांल ज्यूले भानुभक्तको महिमा सहित जिवन गाथा वर्णन गरेर सुनाएका थिए।  बलराम फुयांलले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख  गरेका थिए। धुर्ब खड्काले कला साहित्य गीतसंगीत एक अर्काको परिपुरक रहेको बताए।

संस्थाका अध्यक्ष उत्तम केसीले भानुक्तको रामायणको श्लोक पाठ गरि कार्यक्रम सफल पारिदिएकोमा कवी तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा फिल्म निर्देशक अमर वली कलाकारहरु विकास दास, अन्जनी केसी, दिप्त प्रकाश अधिकारी, केशव सिठौला, हरिहर  सिलवाल समाजसेवी इन्द्र नारायण मानन्धर बाइसधारा पार्कका कार्यालय प्रमुख निरन्जन बस्नेत सामाजिक अभियन्ताहरु जेवी रसाइली, राम पाण्डेका साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियोे।

यस कार्यक्रमलाई शहजीकरण गोपाल घिमिरेले गरेका थिए भने संस्थाका  महासचिव प्रकाश बिक्रम थापाले स्वागत मन्तव्य राखे। संस्थाका उपाध्यक्ष रामशरण कोइरालाले कार्यक्रम ब्यवस्थापन गर्नका साथै बालाजु बाईसधारा उद्यान कार्यालय र का म न पा १६ ले कार्यक्रमलाई सफल पार्न सहयोग गरे।

Leave A Reply

Your email address will not be published.