सुचना, समाचार र मनोरन्जन

भुवन केसीले बोर्डबाट बिदा हुँदै भने : नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहीँ के गर्यो त ?

काठमाडौं :

चलचित्र विकास बोर्डबाट बिदाई हुँदै गर्दा निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन्। उनको बिहीबार बिदाइ कार्यक्रममा बोल्दै केसीले फिल्म क्षेत्रमा आफुले थुप्रै काम गर्न बााकी रहेको बताएका हुन्। उनले यसबारेमा सरकार फिल्म क्षेत्रप्रति गम्भीर हुनुपर्नेमा जोड दिए।

Gokarna Karki

उनले भने, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहीँ के गर्यो त रु नेपाली चलचित्र क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान सून्यजस्तो लाग्छ । चलचित्र क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन्। यदि सरकारले चाहेको भए चलचित्र क्षेत्र आज विदेशिसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं, अहिले पनि गरिरहेका छौं ।’

उनले नेपाली फिल्मका निर्माताको दुर्दशालाई समेत उठाएका छन्। उनले थपे,‘त्यसका लागि केही निर्माता, कलाकार,निर्देशकहरुले घरखेत बेचेर यहाँसम्म ल्याएका हुन् ।’

आफ्नो कार्यकालमा मन्त्रीहरुले फिल्म स्टुडियो बनाउनका लागि आश्वासन मात्रै पाएको पाएको ‘एउटा स्टुडियो बनाउन सकेको छैन। उनले भने,‘तर सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौं । तर त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन् ।’

Leave A Reply

Your email address will not be published.