सुचना, समाचार र मनोरन्जन

बिपिन आचार्यको निर्देशनमा ‘यो केटी साह्रै राम्री’ सार्वजनिक

काठमाडौं  :

नेपाली सांगीतिक क्षेत्रमा स्थापित संगीतकार तथा सर्जक बिपिन आचार्यको निर्देशनमा नयाँ गीत ‘यो केटी साह्रै राम्री’ सार्वजनिक भएको छ।

लामो समयदेखि संगीत संयोजन, एरेन्ज र शब्द सिर्जनामा सक्रिय आचार्यले पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्। यसअघि पनि केही भिडियो निर्देशन गरिसकेका उनले यो गीतमार्फत आफ्नो निर्देशन यात्रालाई थप निरन्तरता दिएका छन्।

नव सार्वजनिक गीतमा होमन रेग्मी र माण्डवी त्रिपाठीको स्वर रहेको छ। गीतको शब्द, संगीत तथा एरेन्ज स्वयं बिपिन आचार्यकै रहेको छ।

म्युजिक भिडियोमा रवि कार्की र आस्विनी शाहीको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी रवि कार्कीले गरेका हुन् भने निर्देशनमा मनदीप रानाले सहायकको भूमिका निर्वाह गरेका छन्।

दिपेन बस्नेतको छायांकन तथा सम्पादनमा तयार भएको भिडियोमा कुशल कार्की सहायक छायांकारका रूपमा रहेका छन्। अडियो उत्पादन आचार्यकै एम.बी. रेकर्डिङ स्टुडियोमा गरिएको हो। नितु रेग्मीको प्रस्तुति रहेको यो गीत ‘Rhythm Homan R’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.