सुचना, समाचार र मनोरन्जन

ले.उ.वा.संघको कार्यसमिति सदस्यमा विरेन्द्रराज भूर्तेलको उम्मेदवारी घोषणा

पोखरा ।

आसन्न लेखनाथ उद्योग बाणिज्य संघको १४ औं अधिवशेनमा कार्यसमिति सदस्य पदमा विरेन्द्रराज भूर्तेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी भदौ २२ र २३ गते हुने अधिवेशनका लागि उनले तयारी थालेका हुन् ।

विस्थापित व्यवसायी लाई स्थापित गर्ने अभियानका साथ अगाडि बढ्ने उद्घोष उनको छ । भूर्तेल पुष्प पर्फेक्ट ड्राईभिङ्ग स्कुलका संचालक हुन् । यसका अलवा लक्ष्मी शुभ खाद्यन्न सप्लार्यसका संचालक, लक्ष्मी शुभ श्री ईम्पोरियमका संचालक, बिआरबी मोटरसाईकल वर्कसप संचालक हुन् ।

शुभ दर्शन वहुउद्देश्य सहकारी संचालक समितिका सदस्य, लायन्स क्लब अफर पोखरा युनियन टाउनका पूर्व अध्यक्ष, लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ आईको डिपार्टमेन्ट अफिसर र भूर्तेल बन्धु समाज नेपाल कास्कीको सचिव रहेर उनले सामाजिक कार्यमा समेत आफुलाई सक्रिय बनाउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.