सुचना, समाचार र मनोरन्जन

यस्तो छ ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’

काठमाडौं :

आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको नयाँ गीत रिलिज भएको छ। फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको हो।

गीतमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सार्वजनिक गीत फिल्मको कथा हेरेर तयार पारेको गीतको भिडियो र अडियोबाट बुझ्न सकिन्छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।

फिल्मको गीत रिलिजपछि गायक सुपतले फिल्मको मर्म अनुसार नै आफुले गीत तयार पारेको बताए। फिल्मको गीतमा केकीका अलवा निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियालाई पनि फिचर्ड गरिएको छ। गीत रिलिज भएपछि फिल्मप्रति दर्शकको कौतुहल्ता बढाउने बुझाई निर्माण टिमको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन्। महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मलाई नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी रहेको केकीको भनाई छ। यस फिल्ममा केकी अधिकारीका बुबा तथा पुराना रंगकर्मी बद्री अधिकारी निर्माताका रुपमा रहेका छ्। साथै राज घिमिरे कार्यकारी निर्माता हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।

Leave A Reply

Your email address will not be published.