काठमाडौं :
फिल्म ‘बोक्सीको घर’ को ट्रेलर रिलिज कार्यक्रममा पुगेका पत्रकार हलभित्र छिर्दैै गर्दा तर्सिएका छन्। उनीहरु हलभित्र प्रवेश गर्दा ‘बोक्सी’ कै अवतारमा प्रस्तुत भएका कलाकारहरुले पत्रकारलाई तर्साउने प्रयास गरे। तर्साउने प्रयासमा फिल्मकी मुख्य पात्र केकी अधिकारी समेत रहेकी छन्।
अभिनेत्री केकी अधिकारीले होम प्रोडक्सनले निर्माण गरेको यो फिल्मको ट्रेलर र गीत दुवैले तारिफ पाएको छ । ट्रेलर रिलिज भनिएको कार्यक्रममा यसअघि रिलिज भएर प्रशंसा बटुलेको गीत पनि देखाइयो। समिक्षा अधिकारी र प्रकाश सपुतले गाएको गीत ‘बुझिनँ मैले बुझाइदेउ कसैले’लाई दुई पटकसम्ममा हलमा दुखाउँदा उपस्थितले गीतको खुलेरै तारिफ गरे। केहि दिन यता चर्चामा रहेको यो फिल्मको ट्रेलर कस्तो होला भन्ने कौतुहलताका साथ हलमा पुगेका पत्रकारले हेरिसकेपछि उत्कृष्ट रहेको बताए।
एक्जिट गेटबाट ‘बोक्सी’ कै अवतारमा प्रवेश गरेकी केकीलाई अन्य तर्साउने महिलाहरुले घेरेर स्टेजमा पु¥याए। उनीहरुको अनौठो हाउभाउले छक्क परेका पत्रकार केकीले डरलाग्दो चेहरा देख्दा झस्किएका थिए। उनी त्यहि क्यारेक्टरमा तिनै डर लाग्दो रुपमा चिच्याइरहेका महिलालाई लिएर स्टेजमा पुगिन्। केहि डाइलक बोल्दै गर्दा उदघोषक नरेश भट्टराईले केकीलाई माइक दिए। केकीले माइक समातेपछि उनले बोलिन ‘बोक्सी’ कै क्यारेक्टरमा ।
त्यहि क्यारेक्टरमा उनले पत्रकारलाई सम्बोधन गर्दै भनिन् ‘स्वागतम स्वागत स्वागतम।’ अन्य कार्यक्रममा भन्दा फरक देखिएको थियो माहोल। यहाँहरु सम्पूर्णलाई ‘बोक्सी’ को स्वप्न नगरीमा हार्दिक स्वागत छ भन्दै आज हामी केही दृश्यांश यहाँ प्रस्तुत गर्दैछौं भन्छन्। अनि एक्कासि चिच्याएर वैशाख १४ गते बाँकी रहस्य खुल्नेछ भन्दछिन्। यो पल निकै रमाइलो भएको थियो। उनको क्यारेक्टरमार्फत केकीको रुप अलिक फरक देखिन्छ।
सुलक्षण भारतीले लेखेको तथा निर्देशन गरेको फिल्मलाई पुराना रंगकर्मी तथा केकी अधिकारीकै बुबा बद्री अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा सुपला सापकोटा, सुलक्षण भारतीका अलवा रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सविन बाँस्तोलाको पनि अभिनय छ।