सुचना, समाचार र मनोरन्जन

क्यानडाले दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौती

काठमाडौं :

क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य रुपमा कटौती गर्ने भएको छ। हालै क्यानडा बाहिरि देशका विद्यार्थीलाई भारी मात्रामा कटौती गर्ने घोषणा गरेको हो ।

क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि विदेशी लगभग ३ लाख ६४ हजार विद्यार्थीहरूले क्यानडामा पढ्न पाउनेछन् । अघिल्लो वर्षको तुलनामा यो ३५ प्रतिशतले कमी हो । अब अर्को वर्षका लागि सन् २०२४ को अवस्था मूल्याङ्कन गरेपछि पछि निर्यण गरिने बताइएको छ।

यस अघि क्यानडामा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएको आँकलन छ। त्यस्तै सन् २०२३ को अन्त्यसम्ममा ९ लाख विद्यार्थी क्यानडा पुगेका थिए। क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरका अनुसार यो संख्या एक दशक अघिको तुलनामा तीन गुणा बढी हो ।

मन्त्री मार्क मिलरले सोमबार मन्ट्रियल बैठकले यससम्बन्धी विभिन्न नीतिहरू बारे निर्णय गरेको बताएका छन्। नयाँ नीति अनुसार अब कुनै पनि देशका विद्यार्थीले स्नातक र कलेज डिपेन्डेन्ट (जीवनसाथीहरू) ओपन वर्क पर्मिट अनुमतिको लागि आवेदन दिन पाउने छैनन् ।

क्यानडा सरकारले विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा आवास, यातायात लगायतका सेवाहरूमा समस्या देखिएको जानकारी दिएका छन्। साथै उनीहरुमा रोजगारीको समस्या समेत देखिन थालेको बताएका छन्।

यसको असर नेपाली विद्यार्थीहरुमा समेत पर्ने देखिएको छ। स्नातक तहमा अध्ययन गर्न क्यानडा जान चाहने नेपाली विद्यार्थी प्रभावित हुनेछन् । नेपालबाट क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीले कम्तिमा स्नातक तहको अध्ययन सकेर क्यानडाको लागि अप्लाई गर्न भनिएको छ।
उनले अब क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीले सरकारी क्याम्पस वा विश्वविद्यालय छनोट गर्नु राम्रो हुने जानकारहरु बताउँछन् ।

Leave A Reply

Your email address will not be published.