सुचना, समाचार र मनोरन्जन

स्तनमा क्यान्सरले थला परेकी अभिनेत्री खान भन्छिन,‘ म बलियो मन बनाएर यस रोगसँग डटेर लड्छु’

काठमाडौं :

३६ वर्षीय अभिनेत्री हिना खान स्तनमा क्यान्सर भएको छ। उनी तेस्रो चरणको स्तन क्यान्सरसँग जुधिरहेकी छन्। अभिनेत्री खानले आफुलाई स्तन क्यान्सर भएको र यो रोगसँग लडिरहेको जाकारनी दिएकी छन्।

इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘यो गम्भीर बिरामीको बाबजुद म सबैलाई आश्वस्त पार्न चाहन्छु, म ठीक छु । म बलियो मन बनाएर यस रोगसँग डटेर लड्न पूरै प्रतिबद्ध छु । मेरो उपचार सुरु भइसकेको छ र यसबाट बाहिर निस्किनका लागि जे जरुरी हुन्छ, त्यसका लागि म तयार छु ।’

उनले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छन्। पछिल्लो समय उनी रियालिटी शो बिग बोसमा पनि सहभागी भएकी थिइन्।

Leave A Reply

Your email address will not be published.