सुचना, समाचार र मनोरन्जन

दुईजना अंगरक्षक सहित भारतिय चियावाला नेपाल आइपुगे,नेपालमा चिया बनाएर खुवाउने

काठमाडौं :

भारतमा चिया बनाएर चर्चामा आएका डली चायवाला सोमबार नेपाल आइपुगेका छन्। उनी सोमबार अपरान्ह दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित झापाको काँकडभिट्टा आइपुगेका हुन्।

भारतको बागडोरा विमानस्थलबाट नेपाल आएका उनी धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन्। आयोजक संस्थाका अनुसार उनले त्यहाँको लंका रिसोर्टमा चिया बनाएर अतिथिलाई खुवाउनेछन्। साथै उनले सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने बताइएको छ। उनी भोली बेलुका काठमाडौं आउनेछन्।

काठमाडौ आउपछि उनी तीन दिन पोखरा घुम्ने कार्यक्रम रहेको छ। भारतमा हालै सम्पन्न जी(सेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए।

Leave A Reply

Your email address will not be published.